• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जो आफ्नै भूमिमा ‘अनागरिक’ भएर बाँचे, जानुकाले उनीहरूकै आवाज बोलिन्

64x64
समर्पण श्री शुक्रबार, माघ २०, २०७९  ०७:३१
1140x725

काठमाडौं– बुधिन फेरि ठगियो। उसको ‘हडमबा’जस्तै। 

जसले वर्षौंअघि झापाको गौरादहमा वस्ती बसाले। आफ्नो जग्गाजमिनमा बाली उब्जाए। तर, विस्तारै पहाडबाट बसाइँ आउनेहरूले उनीहरूको सोझोपनाको फाइदा उठाए।

जमिन कब्जा गरे, सडकनिर पर्ने महंगा जमिनबाट आवादीतर्फ पुर्‍याए। र एकदिन भूमिहीन बनाएर आफ्नै जग्गाको कामदार बनाइदिए। 

हजुरबा जस्तै बुधिन पनि फेरि ठगियो। 

बुधिन र फूलमुनिको नयाँ घरमा नयाँ संसारको जग हाल्ने सपना माटोमै बिलायो। तर, उनीहरूको सानो छोरा बारीको छेउमा एक्लै माटो जम्मा गरेर घर बनाई खेल खेलिबसेको छ।

त्यतिबेला चुनावको नारा पनि घन्किरहेको छ–

धरतीपुत्र हे वीर किसान हो
जमिन हुन्छ जोत्नेको

एउटा दुःखद् शिलशिलालाई कायम राखेर ‘आतोओडा’का पृष्ठ सकिन्छ। तर, पाठकको मनमा प्रश्नैप्रश्नले घोचिरहन थाल्छन्– ‘जुन जमिनमा जसले पहिलो पाइताला राखे, उनीहरू नै भूमिविहीन?’ ‘जो देशका आदिवासी हुन्, उनीहरू अहिलेसम्म अनागरिक?’

nimb
nimb
Ncell 2
Ncell 2

लेखक जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ पढेपछि एक किसिमको वेचैनी भइदिन्छ। इतिहासको गर्तमा छोपिएका झापाको गौरादहका सन्थाल समुदायका कथा आँखामा दृश्य भएर चलिरहन्छन्।

आफ्नै राज्यमा ‘अनागरिक’ र आफ्नै भूमिमा मजदुर भएर बाँचिरहनुको विवशता कति टिठलाग्दा छन्! उनीहरूको दबिएको आवाजलाई जानुकाले ‘आतोओडा’मा एकट्ठा गरेकी छन्। सन्थालको पहिचान, उनीहरूको मुद्दालाई लेखकले बलियो ढंगले पाठकसामु ल्याएकी छन्। 

जानुकाको झण्डै डेढ दशकको साधनापछि जन्मिएको उपन्यास हो ‘आतोओडा’। पटक–पटकका लेखन, अध्ययन तथा गौरादहका सन्थालसँगका शृंखलाबद्ध संवादपछि उनले आँट गरेकी हुन् यो उपन्यास लेख्न। 

जब सँगै पढ्ने साथीले ‘मालिकिन्’ भने
झापाको गौरादहमा जन्मेकी जानुका गाउँमै हुर्किइन्। उनी पढ्ने स्कुलमा सन्थाल साथीहरू पनि पढ्थे। पढाइमा अब्बल थिए उनीहरू। तर, तिनै साथीले ४ कक्षा नपुग्दै पढाइ छाडे।

स्कुल आउन छाडेका साथीलाई केही महिनापछि जानुकाले आफ्नै घरमा भेटिन्। जानुकाको घर आउँदा उनीहरू बदलिसकेका थिए। स्कुलमा हाँसखेल गर्ने साथी बोल्नै छाडिसकेका थिए। ‘उनीहरू हाम्रो घरमा काम गर्न आउँथे। त्यतिबेला नचिनेको जस्तो गर्थे। हिजोसम्म साथी भन्ने उनीहरू अब मालिकिन् भनेर बोलाउन थाले। मलाई नरमाइलो लाग्न थाल्यो,’ जानुका सुनाउँछिन्।

सन्थाल समुदायबारे त्यतिबेलै बुझ्दै आएकी थिइन्। उनीहरूको आफ्नो घर हुँदैन रैछ। जुन घरमा काम हुन्छ त्यही घरमा बस्ने रहेछन्। ‘अघिल्लो पालि आउने सन्थाल अर्को पालि देखिन्न थिए। नयाँ अनुहार देखिन्थे,’ उनी सुनाउँछिन्।

जानुकाको बाल मस्तिष्कले प्रश्न गरिरहन्थ्यो, ‘यसरी किन फरक देखिएक होलान् उनीहरू?’

एक दशकसम्म थन्क्याइएको पाण्डुलिपी
विसं २०६५ सालमा जानुका र उनका दाइ ठाकुरले मास्टर्सको थेसिस गर्दै थिए। जानुकाको थेसिसका विषय थियो– वृहत् नेपाली व्याकरण।

दाइले चाहिँ झापाका आदिवासी सन्थाल समुदायमाथि गर्दै थिए थेसिस। सन्थालहरूको सांस्कृतिक पाटो फरक र रमाइलो थियो। जानुकालाई पनि यसबारे बुझ्नु थियो। उनी दाजुसँग सन्थाल समुदायका मानिस भेट्न गइन्। पहिलो पटक उनले फूलमुनी भन्ने युवती भेटिन्। फूलमुनी स्कुल पढाउने रै’छिन्।

फूलमुनीले उनका बुबासँग भेटाइदिइन्। ‘उनका बुबाले सन्थाल कसरी नेपाल आए भन्नेबारे बताए। सन्थालका अनुसार कसरी सृष्टि भयो, उनीहरू देवीदेवता के मान्छन् त्यसबारे बताउनुभयो,’ जानुका सम्झिन्छिन्। 

सन्थालहरूको घर बस्ती नभएको खेतको बीचमा थियो। जानुकाले प्रश्न गरिन्, ‘यस्तो आवादीमा घर किन बनाउनुभएको?’

‘पहिला हाम्रो जग्गा बाटोनजिकै थियो। बाटोले खान्छ, ऐलानी जाग्गा हो। पछि सरकारले लान्छ, याँ बस्न पाउन्नौ। तिमीहरूलाई म त्यहाँनिरको जग्गा पास गरिदिन्छु भनेर भनियो। हामीलाई फसाएर, झुक्याएर जग्गा साटियो,’ त्यो जवाफ सुनेर जानुकालाई अचम्म लाग्यो।  

उनले बुझ्दै गइन्, यसरी सन्थालहरूमाथि पटक पटक अन्याय गरिँदै आएको रहेछ। उनीहरूलाई नागरिकता पनि दिलाइएको रहेनछ। त्यतिनै बेला झम् झम् पानी पर्यो त्यहाँ। पानी घर माथिसम्म आइसकेको थियो। 

‘उनीहरूको सांस्कृतिक पक्ष रमाइलो लागेर दाइसँग बुझ्न गएको म सामाजिक अवस्था देखेर भारी भएर फर्किएँ,’ जानुका सुनाउँछिन्।

फर्केपछि दाइले थेसिस गरे। जानुकाले उपन्यास लेख्न थालिन्। लेख्दालेख्दै राम्रो हुन सकेन भन्ने भानले थिचिरह्यो जानुकालाई। तीन महिनामा उनले जसोतसो लेखेर छाडिन्। तर, फरक फरक कापीमा एक–एक च्याप्टर लेख्दै छाडेकी थिइन्।

एकदिन बहिनीले एकट्टा गरेर पढिछन्। ‘यति राम्रो उपन्यास छ। यसलाई एउटै डायरीमा लेख्नुस्,’ बहिनीले पटक पटक हौसला दिएपछि जानुकाले एउटै डायरीमा टिपिन् उपन्यास। त्यसपछि मैतीदेवीस्थित एउटा  साइबरमा टाइपका लागि छाडिदिइन्। 

एकदिन अचानक जानुकाको भेट साहित्यकार परशु प्रधानसँग भयो। परशुसँग उनको भेट पहिले पहिले विराटनगरमा कविता सुनाउन जाँदा हुन्थ्यो। परशु सधैं युवापुस्तालाई झक्झकाइरहन्थे। ‘यति राम्रो कविता लेख्ने तिमी। लेख्न छाडेर कता गायब भयौ? के लेखिरहेछौ अचेल?’ उनले सोधे।

परशुसँगको त्यो आत्मीय भेटमा जानुकाले सन्थाल समुदायको कथामाथि उपन्यास लेखिरहेको बताइन्। उनले पढ्नका लागि जानुकासँग पाण्डुलिपी मागे। उनले बुझाइन्। 

‘राम्रो छ यो उपन्यास। म यो समालोचक गोविन्दराज भट्टराईकहाँ पठाउँछु,’ आफूले पढिसकेपछि प्रतिक्रिया दिने क्रममा परशुले भने। 

दुई महिनापछि गोविन्दराज भट्टराईले जानुकालाई भेट्न बोलाए। गोविन्दराजको निवास पुग्दा उनी दंग परिन्। त्यतिबेला भूमिका लेखाउनेहरूको किताबका चाङ  थियो कोठामा। 

दंंग पर्दै सोचिन्, ‘लेख्दालेख्दै आफ्नो जिन्दगीभर नसकिनेजस्तो।’

गोविन्दराजले जानुकालाई प्रतिक्रिया दिए, ‘विषय राम्रो छ। वाक्यगठन मिलाउनुपर्छ। अझ रिसर्च पुगेको छैन।’

त्यहाँबाट फर्किएर उनले थप रिसर्च गर्न थालिन्। पुस्तकालय पुगेर सन्थाल भाषाबारे खोजी खोजी अध्ययन गरिन्। गर्दागर्दै उनको उपन्यासको काम थन्कियो। बरु उनी नयाँ उपन्यास लेख्नतर्फ लागिन्।

उनको पहिलो उपन्यास प्रकाशित भयो ‘शुन्य’। लेखपढका काम तेज गतिमा अगाडि बढिरह्यो। ‘शुन्य’पश्चात् असल साथी(बालकथा संग्रह), कसले चोर्यो चकलेट(बालकथा संग्रह) र उज्यालोको रङ(किशोर उपन्यास) प्रकाशित गरिन्। 

१ दशकमा ४ वटा पुस्तक निकालेपछि अचानक उनलाई थन्किएको पुरानो पाण्डुलिपीको याद आयो। त्यतिबेला उनी झापा गएकी थिइन्। झापामा उनले फूलमुनि भेटेकी थिइन्। ‘जो पहिला भेट्दा स्कुलको शिक्षिका थिइन्। निकै वर्षपछि पान पसल चलाइरहेकी भेटिइन्। उनले विवाह पश्चात् पढाइ छाडेकी रैछिन् थिइन्,’ जानुका भन्छिन्। 

झापाको गौरादहमा सन्थालहरूको दुःखको शृङ्खला सकिएको थिएन। उनीहरूको अवस्था फेरिएको थिएन।

त्यसपछि पुनः निर्णय गरिन्– अबचाहिँ लेख्न सक्छु।

 कथा अझै सकिएका छैनन्
उनी ६ महिना झापा बसिन्। सन्थालहरूको दैनिकी नजिकबाट नियालिन्। त्यतिनै बेला भेटिएका थुप्रै पात्रले उनका मन छोएका थिए।

जब लेख्न बसिन्, उनले पहिलेको पाण्डुलिपीलाई पुनः बन्द गरिन्। सन्थालको कथा नयाँ ढंगबाट लेखिन्। ०६५ सालमा उनले कापीमा लेख्ने गर्थिन्। दशकपछि उनको हातमा कम्प्युटर थियो। अक्षर टाइप गर्न जानेकी थिइन्। १ वर्षमा उनले पहिलो ड्राफ्ट लेखेर सिध्याइन्। त्यसपछि नाम राखिन् ‘आतोओडा।’ यसको अर्थ हो, गाउँवस्ती। 

उनलाई कतै डर थियो, यदि सन्थाल समुदायबारे थाहा नभएकाहरूलाई छुन्न कि उपन्यासले। जब बेलायत बस्ने लेखक विजय सापकोटाले मिहिन ढंगले पढेर सुन्दर प्रतिक्रिया दिए, उनको खुसी फैलियो। 

कलम प्रकाशनले उपन्यास प्रकाशन गर्‍यो। केही साताअघि विमोचनको दिन वक्ता आख्यानकार नारायण ढकालले उपन्यास पढ्दाको क्षण सम्झाना गरे। यो विषयले यति छोएछ कि, ढकालले ‘आतोओेडा’कै प्रभावले सम्बन्धित विषयका ४ वटा किताब पढ्न थाले। 

उपन्यास त प्रकाशित भयो। तर, जानुकाको मन हलुको भएको छैन। ‘जबसम्म उनीहरू देशका अनागरिक भइरहन्छन्, उनीहरूको दुःख कायम रहन्छन्,’ कसरी हलुका हुन सक्छ यौटा लेखक,’ जानुका भन्छिन्। 

उनी फेरि लेख्न चाहिन्छन् सन्थालहरूको कथा। जब झण्डै डेढ दशकअघि तयार पारेको पहिलो ड्राफ्ट सम्झिन्छिन्, तब लागिरहन्छ जानुकालाई– कथा अझै सकिएका छैनन्।

०००

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्