सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।
मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ। उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। उनी रोजगारीका लागि विदेश जाने तयारीमा रहेको बुझिएको छ।
विदेशका लागि भिसा आइसकेका बेला अकस्मात उनी झुण्डिएको अवस्थामा फेला परेपछि परिवार शोकमा डुबेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।