काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ई–लाइब्रेरी नभएका विद्यालयहरुलाई तत्काल प्रबन्ध गर्न निर्देशन दिएको छ।
मन्त्रालयले विगत वर्षहरुदेखि अनुदान प्राप्त गरि आईसीटी ल्याब सञ्चालन गरिरहेका ६ हजार ८६९ विद्यालयहरुले ई–लाइब्रेरी व्यवस्था गर्नुपर्ने प्रावधान बमोजिम नगरेको भए तत्काल प्रबन्ध गरि सिकाईलाई प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिएको हो। जसका लागि शिक्षा विकास तथा समन्वय इकाईहरुले विद्यालयको अनुमगन तथा अन्तरक्रिया जस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखि पृष्ठपोषण सम्बन्धित निकायलाई उपलब्ध गराइदिन समेत अनुरोध गरेको छ।
देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि पाठ्यपुस्तक लगायत गुणस्तरीय सिकाई सामग्रीमा पहुँच ल्याउने उद्देश्ययले मन्त्रालयले मातहतका निकायहरुबाट डिजिटल सामग्रीहरुको उत्पादन, प्रसारण र वितरण गर्ने काम भएको जनाएको छ।
पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा डिजिटल, पाठ्यक्रम, पाठ्यपुस्तक, सहायक पाठ्यसाम्रगी लगायत ई–लाइब्रेरीमा भौतिक सुविधामा भएका सबै पुस्तकहरुको ईकपी उपलब्ध गराएको मन्त्रालयले उल्लेख गरेको छ।
त्यसैगरी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा रहेको सिकाई चौतारी नामक वेबसाइटमा श्रव्यदृश्य पाठहरु, डि जिटल किताब, डिक्सनरी र अन्य अडियो र भिडियो सामग्री राखेको जनाएको छ।
शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि श्रव्य, दृश्य पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट आइतबारदेखि शुक्रबारसम्म बिहान ६ देखि ८:३० र साँझ ४:३० देखि ७ बजेसम्म नियमित प्रशारण गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।