complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विवादमा सिनेमा फेस्ट : ‘महापुरुष’ टिमको बहिस्कार, दुविधामा दुबई जाने कलाकार

64x64
समर्पण श्री सोमबार, माघ १६, २०७९  १७:४६
1140x725

काठमाडौं– चलचित्र विकास बोर्डले संयुक्त अर ईमिरेट्सको दुबईमा फागुन १ देखि ३ गतेसम्म गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’ विवादमा तानिएको छ। बोर्डले उक्त फेस्टिभलमा नेपालबाट ३ फिल्म ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘महापुरुष’  प्रदर्शन गर्न लागेको थियो।

तर ‘महापुरुष’ निर्माण कम्पनी षड्कोड आर्टस्‌ले आफूहरूसँग अनुमति नलिइ बोर्डले फिल्म उक्त कार्यक्रममा समावेश गरेको भनेर बहिस्कार गरेपछि विवाद सतहमा आयो। सँगै विवादास्पद् कम्पनी सूर्य कर्पोरेशन प्राइभेट लिमिटेडसँग सहकार्य गरेकोमा टिमको आपत्ति पनि थियो।

यो खबर सुनेपछि दुबई जान तयार भएका कलाकार नीर शाह पनि पछि हटेका छन्। उनले ‘महापुरुष’ नेपालमा हेर्न पाएका थिएनन्। दुबईको फेस्टिभलमा देखाउने भएपछि बोर्डको निम्तोसँगै उनी पनि सहभागी हुने भएका थिए। तर ‘महापुरुष’ अनुमति नलिई नै बोर्डले समावेश गरेको सुनेपछि उनी दुविधामा छन्। ‘महापुरुष नेपालमा हेर्न पाइनँ। दुबईमा गएर हेर्छु भनेर जान तयार थिएँ। यो खबरले म झस्किएँ। अब जाने कुरामा सोच्नुपर्ने भयो,’ उनले नेपाल लाइभसँग भने। 

फेस्टिभलको प्रचारका लागि तयार पारेको पोस्टरमा बोर्डले नीर शाहसँगै अनमोल केसी, उपासना सिंह ठकुरी, सन्दीप क्षेत्री, रवि ओड, विजय लामा लगायतका कलाकारको तस्बिर समावेश गरेको छ। 

अन्य फिल्मकर्मीले पनि उक्त फेस्टिभलबारे आपत्ति जनाएका छन्। निर्देशक सन्तोष सेनले ‘नेपाली कलाकार घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्वबजारमा लैजान सहयोग गर्ला’ भन्दै प्रश्न गरेका छन्।

कसरी भयो ‘महापुरुष’ समावेश?
बोर्डका अध्यक्ष भुवन केसीसँग सम्पर्क गर्न खोज्दा फोन उठेन। बोर्डका सूचना अधिकारी चिरञ्जीवि गुरागाईंले दुबईको वितरक कम्पनीसँग ‘महापुरुष’को कम्पनी राइट्स भएकाले सूर्य कर्पोरेशनले नै सम्झौता गरेको बताए। 

उक्त फेस्टिभलका एक आयोजक सदस्यका अनुसार दुबईमा सेन्सर भएको फिल्म मात्र फेस्टिभलमा देखाउन मिल्थ्यो। ‘महापुरुष सेन्सर भएको देखियो। खोज्दै जाँदा महापुरुषको राइट्स वितरक रमेश ढकालसँग रहेछ। उहाँसँग कागजी सम्झौता समेत गरेका छौँ,’ ती सदस्यले भने।

दुबई वितरक रमेश ढकालले यो विषय विवादमा आएपछि फेसबुकमा स्टाटसमार्फत् उक्त फेस्टिभलमा ‘महापुरुष’ सिफारिस गरेको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपालमा यो वर्षको एक उत्कृष्ट फिल्म भएको र साथमा फिल्मको खाडी मुलुकको राइट मेरो भएकोले फिल्म यूएईमा पहिले नै दर्ता, सेन्सर पास भएको साथै अरबिक सब टाइट्ल भएकाले यो कार्यक्रममा युइईका सरकारका सिनियर लेभलका व्यक्तिहरू पनि आउने भएको र नेपाली फिल्मलाई प्रवर्द्धन गर्न टेवा पुग्ने भएकाले यूएईमा पहिलोपटक फिल्म फेस्टिभल भएको हुँदा नेपाल सरकारको मातहत रहेको नेपाल चलचित्र विकास बोर्डले गरेको कार्यक्रमलाई सहयोग गर्ने हाम्रो कर्तव्य भएको हुँदा मैले फेस्टिभलमा देखाउन लाएको फिल्म भएकोले रिकमेन्ड गरेको हो,’ उनले फेसबुकमा लेखेका छन्। 

ढकालको स्टाटसमा ‘महापुरुष’का कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले कमेन्ट गरेका छन्। कमेन्टमा उनले ढकाललाई खाडी मुलुकमा ३ महिनाको प्रदर्शनको अधिकार दिएको बताएका छन्। यसरी अर्को पार्टीलाई दिने अधिकार ढकाललाई नभएको भन्दै लेखेका छन्।

‘तपाईंको सिफारिसलाई फिल्म बोर्ड जस्तो जिम्मेवार सरकारी निकायले कुनै आधिकारिक सम्झौता बिना यसरी फिल्म प्रदर्शन तालिकामा राख्नु गैरजिम्मेवारपन हो,’ बानियाँले जवाफमा लेखेका छन्। ‘गलत कदमको मतियार बनेर बचाउमा नलाग्दा राम्रो,’ उनले थपेका छन्।

बानियाँ त्यसरी फिल्म सम्झौता विना अर्को पक्षलाई दिने अधिकार रमेश ढकाललाई नभएको बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सूर्य कर्पोरेशनसँगको सम्झौतामा प्रश्न
कलाकार कृष्ण मल्लले यो कार्यक्रमको सहकार्यको लागि आह्वान नगरिएको भद्दै आपत्ति जनाएमा छन्। कानुनी रुपमा पनि बोर्डको यो कदम गलत भएको भन्दै उनले फेसबुकमा स्टाटस लेखेका छन्।

‘कुनै पनि सरकारी निकायले जिटूजी सहकार्य गर्न सक्दछ, तर कुनै पनि प्राइभेट पार्टी वा व्यक्तिसँग सहकार्य गर्ने हो भने इच्छुक संस्था वा व्यक्तिलाई सहकार्यका लागि सार्वजनिक आह्वान गर्न जरुरी छ। यो नगरेमा सो निकायलाई अख्तियार दुरुपयोग गरेको मानिन सक्दछ। चलचित्र बिकास बोर्डले दुबईमा गर्ने भनिएको कार्यक्रमको सहकार्यका लागि पनि आह्वान भएको छैन र चलचित्र सहभागिताका लागि पनि आह्वान गरिएको जानकारी छैन। यो कानुनी दृष्टिकोणबाट गलत छ,’ उनले लेखेका छन्।

बोर्डले सहकार्य गरेको सूर्य कर्पोरेशनमा वैदेशिक रोजगार विभागले गत २५ मंसिरमा छापा मारेको थियो। जसक्रममा ८० राहदानी जफत गरिएको थियो। युवाहरूलाई अवैध रुपमा वैदेशिक रोजगारीका लागि जापान, क्यानाडा, अमेरिकालगायतका मुलुकमा पठाउने भनेर राहदानी लिएर राखेको सूचना प्राप्त भएपछि विभागले छापा मारेको थियो।

विवादास्पद् कम्पनीसँग किन सहकार्य गरेको? भन्ने प्रश्नमा बोर्डका सूचना अधिकारी गुरागाईं भन्छन्, ‘सूर्य कर्पोरेशनले क्लिन चिट् पाइसकेकाले सहकार्य गरिएको हो।ֹ’ 

सूर्य कर्पोरेशन कसरी साझेदार भयो त? बोर्डले साझेदार सहकार्यका लागि आह्वान गर्‍यो कि गरेन? यसबारे सूचना अधिकारी गुरागाईं जानकारी नभएको बताउँछन्। ‘त्यो बेलामा म थिइनँ। यसबारेमा मलाई केही जानकारी छैन। जानकारी नभएको विषयमा बोल्न मिल्दैन,’ उनले भने। 

बोर्डका अध्यक्ष केसीले सूर्य कर्पोरेशनलाई साझेदार बनाएर आफ्नो ऋण तिर्न खोजेको आरोप पनि छ। ०७६ असोजमा भुवनले ‘एन्टी हिरो’ फिल्मको घोषणा गरेका थिए। फिल्म छायांकन हुनुअघि नै जापानमा चलचित्रको ओभरसिज राइट्स सूर्य कर्पोरेशनलाई बिक्री गरिएको थियो। भुनव र कर्पोरेशनका प्रमुख बासुदेव लामिछानेबीच सहमतिमा हस्ताक्षर भएको थियो।

तर त्यो फिल्म अहिलेसम्म बनेको छैन। र भुवनले पैसा फिर्ता पनि गरेका छैनन्। फिल्म नबनेपछि ऋण तिर्न सूर्य कर्पोरेशनलाई साझेदार बनाएको आरोप भुवनलाई छ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्