• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विवादमा सिनेमा फेस्ट : ‘महापुरुष’ टिमको बहिस्कार, दुविधामा दुबई जाने कलाकार

64x64
समर्पण श्री सोमबार, माघ १६, २०७९  १७:४६
1140x725

काठमाडौं– चलचित्र विकास बोर्डले संयुक्त अर ईमिरेट्सको दुबईमा फागुन १ देखि ३ गतेसम्म गर्न लागेको ‘नेपाली सिनेमा फेस्ट २०२३’ विवादमा तानिएको छ। बोर्डले उक्त फेस्टिभलमा नेपालबाट ३ फिल्म ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘महापुरुष’  प्रदर्शन गर्न लागेको थियो।

तर ‘महापुरुष’ निर्माण कम्पनी षड्कोड आर्टस्‌ले आफूहरूसँग अनुमति नलिइ बोर्डले फिल्म उक्त कार्यक्रममा समावेश गरेको भनेर बहिस्कार गरेपछि विवाद सतहमा आयो। सँगै विवादास्पद् कम्पनी सूर्य कर्पोरेशन प्राइभेट लिमिटेडसँग सहकार्य गरेकोमा टिमको आपत्ति पनि थियो।

यो खबर सुनेपछि दुबई जान तयार भएका कलाकार नीर शाह पनि पछि हटेका छन्। उनले ‘महापुरुष’ नेपालमा हेर्न पाएका थिएनन्। दुबईको फेस्टिभलमा देखाउने भएपछि बोर्डको निम्तोसँगै उनी पनि सहभागी हुने भएका थिए। तर ‘महापुरुष’ अनुमति नलिई नै बोर्डले समावेश गरेको सुनेपछि उनी दुविधामा छन्। ‘महापुरुष नेपालमा हेर्न पाइनँ। दुबईमा गएर हेर्छु भनेर जान तयार थिएँ। यो खबरले म झस्किएँ। अब जाने कुरामा सोच्नुपर्ने भयो,’ उनले नेपाल लाइभसँग भने। 

फेस्टिभलको प्रचारका लागि तयार पारेको पोस्टरमा बोर्डले नीर शाहसँगै अनमोल केसी, उपासना सिंह ठकुरी, सन्दीप क्षेत्री, रवि ओड, विजय लामा लगायतका कलाकारको तस्बिर समावेश गरेको छ। 

अन्य फिल्मकर्मीले पनि उक्त फेस्टिभलबारे आपत्ति जनाएका छन्। निर्देशक सन्तोष सेनले ‘नेपाली कलाकार घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्वबजारमा लैजान सहयोग गर्ला’ भन्दै प्रश्न गरेका छन्।

कसरी भयो ‘महापुरुष’ समावेश?
बोर्डका अध्यक्ष भुवन केसीसँग सम्पर्क गर्न खोज्दा फोन उठेन। बोर्डका सूचना अधिकारी चिरञ्जीवि गुरागाईंले दुबईको वितरक कम्पनीसँग ‘महापुरुष’को कम्पनी राइट्स भएकाले सूर्य कर्पोरेशनले नै सम्झौता गरेको बताए। 

उक्त फेस्टिभलका एक आयोजक सदस्यका अनुसार दुबईमा सेन्सर भएको फिल्म मात्र फेस्टिभलमा देखाउन मिल्थ्यो। ‘महापुरुष सेन्सर भएको देखियो। खोज्दै जाँदा महापुरुषको राइट्स वितरक रमेश ढकालसँग रहेछ। उहाँसँग कागजी सम्झौता समेत गरेका छौँ,’ ती सदस्यले भने।

दुबई वितरक रमेश ढकालले यो विषय विवादमा आएपछि फेसबुकमा स्टाटसमार्फत् उक्त फेस्टिभलमा ‘महापुरुष’ सिफारिस गरेको बताएका छन्।

Ncell 2
Ncell 2

‘नेपालमा यो वर्षको एक उत्कृष्ट फिल्म भएको र साथमा फिल्मको खाडी मुलुकको राइट मेरो भएकोले फिल्म यूएईमा पहिले नै दर्ता, सेन्सर पास भएको साथै अरबिक सब टाइट्ल भएकाले यो कार्यक्रममा युइईका सरकारका सिनियर लेभलका व्यक्तिहरू पनि आउने भएको र नेपाली फिल्मलाई प्रवर्द्धन गर्न टेवा पुग्ने भएकाले यूएईमा पहिलोपटक फिल्म फेस्टिभल भएको हुँदा नेपाल सरकारको मातहत रहेको नेपाल चलचित्र विकास बोर्डले गरेको कार्यक्रमलाई सहयोग गर्ने हाम्रो कर्तव्य भएको हुँदा मैले फेस्टिभलमा देखाउन लाएको फिल्म भएकोले रिकमेन्ड गरेको हो,’ उनले फेसबुकमा लेखेका छन्। 

ढकालको स्टाटसमा ‘महापुरुष’का कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले कमेन्ट गरेका छन्। कमेन्टमा उनले ढकाललाई खाडी मुलुकमा ३ महिनाको प्रदर्शनको अधिकार दिएको बताएका छन्। यसरी अर्को पार्टीलाई दिने अधिकार ढकाललाई नभएको भन्दै लेखेका छन्।

‘तपाईंको सिफारिसलाई फिल्म बोर्ड जस्तो जिम्मेवार सरकारी निकायले कुनै आधिकारिक सम्झौता बिना यसरी फिल्म प्रदर्शन तालिकामा राख्नु गैरजिम्मेवारपन हो,’ बानियाँले जवाफमा लेखेका छन्। ‘गलत कदमको मतियार बनेर बचाउमा नलाग्दा राम्रो,’ उनले थपेका छन्।

बानियाँ त्यसरी फिल्म सम्झौता विना अर्को पक्षलाई दिने अधिकार रमेश ढकाललाई नभएको बताउँछन्।

सूर्य कर्पोरेशनसँगको सम्झौतामा प्रश्न
कलाकार कृष्ण मल्लले यो कार्यक्रमको सहकार्यको लागि आह्वान नगरिएको भद्दै आपत्ति जनाएमा छन्। कानुनी रुपमा पनि बोर्डको यो कदम गलत भएको भन्दै उनले फेसबुकमा स्टाटस लेखेका छन्।

‘कुनै पनि सरकारी निकायले जिटूजी सहकार्य गर्न सक्दछ, तर कुनै पनि प्राइभेट पार्टी वा व्यक्तिसँग सहकार्य गर्ने हो भने इच्छुक संस्था वा व्यक्तिलाई सहकार्यका लागि सार्वजनिक आह्वान गर्न जरुरी छ। यो नगरेमा सो निकायलाई अख्तियार दुरुपयोग गरेको मानिन सक्दछ। चलचित्र बिकास बोर्डले दुबईमा गर्ने भनिएको कार्यक्रमको सहकार्यका लागि पनि आह्वान भएको छैन र चलचित्र सहभागिताका लागि पनि आह्वान गरिएको जानकारी छैन। यो कानुनी दृष्टिकोणबाट गलत छ,’ उनले लेखेका छन्।

बोर्डले सहकार्य गरेको सूर्य कर्पोरेशनमा वैदेशिक रोजगार विभागले गत २५ मंसिरमा छापा मारेको थियो। जसक्रममा ८० राहदानी जफत गरिएको थियो। युवाहरूलाई अवैध रुपमा वैदेशिक रोजगारीका लागि जापान, क्यानाडा, अमेरिकालगायतका मुलुकमा पठाउने भनेर राहदानी लिएर राखेको सूचना प्राप्त भएपछि विभागले छापा मारेको थियो।

विवादास्पद् कम्पनीसँग किन सहकार्य गरेको? भन्ने प्रश्नमा बोर्डका सूचना अधिकारी गुरागाईं भन्छन्, ‘सूर्य कर्पोरेशनले क्लिन चिट् पाइसकेकाले सहकार्य गरिएको हो।ֹ’ 

सूर्य कर्पोरेशन कसरी साझेदार भयो त? बोर्डले साझेदार सहकार्यका लागि आह्वान गर्‍यो कि गरेन? यसबारे सूचना अधिकारी गुरागाईं जानकारी नभएको बताउँछन्। ‘त्यो बेलामा म थिइनँ। यसबारेमा मलाई केही जानकारी छैन। जानकारी नभएको विषयमा बोल्न मिल्दैन,’ उनले भने। 

बोर्डका अध्यक्ष केसीले सूर्य कर्पोरेशनलाई साझेदार बनाएर आफ्नो ऋण तिर्न खोजेको आरोप पनि छ। ०७६ असोजमा भुवनले ‘एन्टी हिरो’ फिल्मको घोषणा गरेका थिए। फिल्म छायांकन हुनुअघि नै जापानमा चलचित्रको ओभरसिज राइट्स सूर्य कर्पोरेशनलाई बिक्री गरिएको थियो। भुनव र कर्पोरेशनका प्रमुख बासुदेव लामिछानेबीच सहमतिमा हस्ताक्षर भएको थियो।

तर त्यो फिल्म अहिलेसम्म बनेको छैन। र भुवनले पैसा फिर्ता पनि गरेका छैनन्। फिल्म नबनेपछि ऋण तिर्न सूर्य कर्पोरेशनलाई साझेदार बनाएको आरोप भुवनलाई छ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्