काठमाडौं– काठमाडौंको सितापाइलामा मिनीबस र सुमो आपसमा ठोक्किएका छन्। २ सवारी साधन आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।
सोमबार बिहान ११ बजेतिर सितापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो र कलंकीबाट सितापाइलातर्फ जाँदै गरेको बा २ ख ८३६८ नम्बरको मिनीबस आपसमा ठोक्किएका थिए।
दुर्घटनामा २ जना सामान्य घाइते र २ जना गम्भीर घाइते भएका थिए। गभीर घाइते रसुवाको गोसाइकुण्ड–६ घर भएका ५१ वर्षीया यायाल्म घलेको दिउँसो ३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
अहिले एक गम्भीर घाइतेको नेशनल अस्ताल कलंकीमा उपचार भइरहेको मैनालीले बताए। अन्य घाइते भने उपचारपछि डिस्चार्ज भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।