काठमाडौं– लागुऔषध ब्राउन सुगरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सिरहाको नवराजपुर गाउँपालिका–२ ओम प्रकाश अर्याल, सोही ठाउँका २२ वर्षीय अमित कुमार यादव, सोही ठाउँका २५ वर्षीय देवरा कुमार यादव, लहान नगरपालिका–१२ का ५१ वर्षीय मदनकुमार चौधरी, सोही ठाउँका २३ वर्षीय नरसिंह चौधरी, लहान–५ का २७ वर्षीय इरफान हुसेन, लहान–१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका–१२ का २३ वर्षीय रमेश पासपान, सोही ठाउँका २२ वर्षीय सुरेशकुमार पासवान छन्।
उनीहरुविरुद्ध लागुऔषध मुद्दामा जिल्ला अदालत सिरहाका ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। माघ १४ गते साँझ साढे ५ बजेतिर सिरहाको नवराजपुर गाउँपालिका–२ मझौरा टोलस्थित ओम प्रकाश यादवले आफ्नो घरबाट लागुऔषध बेचिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली अनुसन्धानमा खटिएको थियो।
इलाका प्रहरी कार्यालय झाँझपट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा अवैध लागुऔषध ब्राउन सुगर २८ ग्राम, लागुऔषध तौल गर्ने डिजिटल मेसिन २ थान, मोबाइल ८ थान, ४ वटा मोटरसाइकल र नगद ४ हजार ८८५ रुपैयाँ बरामद गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।