काठमाडौं– आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार बिहान सूचना जारी गर्दै यस्तो बताएको हो।
‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ,’ सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।’
यस्तै, राति प्रदेश १, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ।
‘सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै, यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,’ सूचनामा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।