काठमाडौं– लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका हुन्।
‘लोक तथा दोहोरी गायक भीम पौडेलको अल्पायूमै भएको दु:खद् निधनप्रति गहिरो दु:खसहित श्रद्धाञ्जली व्यक्त गर्दछु।
शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।
केही समयदेखि बिरामी रहेका गायक पौडेलको शुक्रबार बिहान आफ्नै घर स्यङ्जामा निधन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।