बैतडी– सहिद दशरथ चन्दको जन्मभूमि बैतडीमा जेष्ठ चार शहीदका शालिक निर्माण गरिएको छ। जिल्लाको पाटन नगरपालिका–४ ठाँड बजारनजिक जेष्ठ चार शहीदका शालिक निर्माण कार्य सम्पन्न भएको पाटन नगरपालिका उपप्रमुख कमल सिंह बोहराले बताए।
स्व राजबहादुर चन्दले शालिक निर्माणका लागि सुरुवात गरेको कामलाई पूर्णता दिएर माघ १५ गते शालिक अनावरण कार्यक्रमसमेत राखिएको उनले बताए।
सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिक निर्माण गरिएको हो। ठाँड बजारको नजिकै सहिदका शालिक राखिएको जिल्ला समन्वय समितिका निर्वतमान प्रमुख शिद्धराज भट्टले बताए।
देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहूति दिने सहिदको सम्झनामा शालिक निर्माण गरिएको शालिक निर्माण समितिका संयोजक दीपक चन्दले बताए। सहरी विकास तथा भवन निर्माण कार्यालय, नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहयोगमा शालिक निर्माण कार्य सम्पन्न भएको चन्दले बताए।
स्थानीय ठाउँमा सहिदका शालिक निर्माण भएपछि सहिदको इतिहासका बारेमा जानकारी लिन सहज हुने स्थानीयको भनाइ छ। देशमा प्रजातन्त्रको स्थापनाका लागि आफ्नो प्राणको आहूति दिने सहिदको शालिक निर्माण हुनु राम्रो भएको स्थानीय भागरथी भट्टले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।