काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रपति चयनका विषयमा राष्ट्रिय सहमति खोज्ने अडान लिएको छ।
बिहीबार बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कांग्रेस, एमालेसहितका पार्टीहरुलाई समेटेर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने जानकारी दिए। उनले राष्ट्रिय सहमतिका साथ साझा व्यक्तिमा सहमति जुटाएर संविधान अनुसार नै राष्ट्रपतिको चयन हुने उल्लेख गरे।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले भोलि हुने सम्भावित दुर्घटना रोक्न र सरकारलाई ५ वर्षसम्म लैजानका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने बताए।
राष्ट्रपति दलीय भागबण्डामा बाँडचुँड गर्ने पद नभएको बताउँदै सचिव पौडेलले कुनै पनि पार्टीलाई बाइपास गरेर अघि जान भने नसकिने बताए।
बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। बैठक शुक्रबार ११ बजे पुनः बस्ने सचिव पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।