काठमाडौं- माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समितिको बैठक सकिएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेगरी सकिएको हो।
बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछिका घटनाको ब्रिफिङ गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए।
उनले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको एकता प्रक्रिया छिट्टै टुंगिने बताए। 'धेरै कुरा अगाडि बढाइसकेका छौँ', उनले भने, 'खालि नाम र शैलीको बारेमा प्रसंग चलेको छ। टुंगिन्छ।'
उनले राष्ट्रपतिमा माओवादी केन्द्रले भनेको राष्ट्रिय सहमति एमाले सहितको भएको बताए। 'एमाले वा कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सहमति हुन सक्दैन। सकेसम्म सहमतिको व्यक्तित्वलाई अगाडि सार्न सकियो भने राम्रो हुन्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।