काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ।
सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले अदालतमा पाँचजना न्यायाधीशको पद लामो समयदेखि रिक्त रहेकाले पूर्ति गर्न माग गरेको बार अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिए।
बारले कामु प्रधानन्यायाधीश कार्कीलाई पत्र पठाई यथाशीघ्र रिक्त न्यायाधीशको पद पूर्ति गर्न माग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।