काठमाडौं– यही माघ २५ मा हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा बुुधबार उम्मेदवारी दर्ता भएको छ।
नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त स्थानका लागि राष्ट्रिय सभा उपनिर्वाचन हुन लागेका हो।
लुम्बिनीमा त्रिपक्षीय भिडन्त हुने भएको छ। जसका लागि नेपाली कांग्रेस, एमाले र केन्द्रमा सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ।
नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ पनि प्रदेश निर्वाचन कार्यालय दाङ पुगेकी थिइन्।
सत्तारूढ दलहरुका तर्फबाट एमालेका कुमार दसौदी र कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
उक्त उपनिर्वाचनका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।