• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

संसद् हिजोको तुलनामा अलि फरक देखिए पनि आधारभूत रुपमा खासै फरक छैन : सभामुख घिमिरे

64x64
नेपाल लाइभ बुधबार, माघ ११, २०७९  १५:४७
1140x725

प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ। माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित भए माघ ७ गते उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भइन्। निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसकेका छन्। कुनै दलको नेता भएर सभामुखले काम गर्नुभएको छ, भन्नेजस्ता विगतमा लाग्ने गरेका आरोपहरूबाट टाढा रहने चुनौती अहिलेका सभामुख र उपसभामुखलाई रहेको छ। दुवैले पार्टीगत रुपमा टाढा रहेर पार्टीका कुनै क्रियाकलपमा सहभागी नबनी सदनको भूमिका तटस्थ रुपमा निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्। यसको परीक्षा आगामी दिनमा हुँदै जाने नै छ। 

सभामुखले संसद्को नेता (सभामुख)को रुपमा तटस्थ भूमिका निर्वाह गर्नुपर्छ। आफ्नो भूमिका कुनै दलगत नभइ सभामुखको रुपमा रहने सभामुख घिमिरेले बताइसकेका छन्।  उनले नयाँ दल र नयाँ नेताहरू भएपनि दलगत प्रणालीबाटै आएकाले आधारभूत रुपबाट खासै फरक नरहेको पनि बताए। सभामुखको आगामी काम, कर्तव्य र संसद्‌मा आफ्नो भूमिकाबारे सभामुख घिमिरेले न्युज एजेन्सी नेपालसँग गरेको कुराकानी :

प्रतिनिधि सभालाई कसरी हेर्नुभएको छ? कसरी बुझ्नुभएको छ?
प्रतिनिधि सभा स्वाभाविक रुपले जनताको मत जितेर आएका जिम्मेवार नेताहरूको सभा हो। अथवा जनताको सार्वभौम सत्ता प्रयोग हुने थलो हो। जसरी आएको छ, हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरूसहितको आएको छ। र, संख्याको हिसाबले अलि ठूलो संख्यामा आएको छ। अनुभवको हिसाबले पनि अलि नयाँ नयाँ पार्टी, नयाँ नयाँ नेताहरू आउँदा त्यो खालको अनुभव भन्दा बाहिरका अनुभवहरूसहित आउनुभएको छ। त्यो बाहेक एउटा प्रणालीबाट आउनुभएको छ। पार्टीबाट आउनुभएको छ र दलगत प्रणालीमा आउनुभएको दलको हिसाबबाटै चल्नुहुन्छ। चल्नुपर्छ। त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वाभाविक हो। तर आधारभूत रुपबाट त्यस्तो खास फरक छैन। त्यस्तो नयाँ मैले महशुस गरेको छैन।

परम्परागत रुपमा रहेका राजनीतिक शक्ति र उनीहरूको प्रतिस्पर्धीका रुपमा आएका शक्तिहरूबीचको द्वन्द्व देखिने हो कि भन्ने शंका पनि छ। तपाईं सभाको रेफ्रीको भूमिकामा हुनुहुन्छ, कसरी कार्यसम्पादन गर्नुहुन्छ?
एउटा प्रणालीमा आइसकेपछि प्रणालीको आधारबाट चल्नुपर्छ र चल्नुहुन्छ भन्ने मेरो विश्वास छ। खेलका नियमहरू भएजस्तै यहाँ पनि ऐन, नियम, परिपाटी र पद्धतिसम्मत ढंगबाट गएरै त्यसको रिजल्ट निकाल्ने कुराहरू हुन्छ। त्यो दिशामा सबै माननीयज्यूहरूहरूले भूमिका निर्वाह गर्नुहुन्छ। जिम्मेवार नेताहरूको थलो भएको हुनाले, जिम्मेवार पार्टीहरू त्यहाँ भएको हुँदाखेरी जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतिहरूलाई समाधान गर्न सकिन्छ। गर्नुहुन्छ। त्यो सहयोग मैले पाउँछु भन्ने मेरो बलियो आत्मविश्वास रहेको छ।

अहिलेको संसद् र सरकार त्रिशंकु छ। सरकार आफू बलियो भइराख्न संसद्को सबैभन्दा बढी सहारा खोज्ने गर्छ। यस्तो बेलामा तपाईं निरपेक्ष तटस्थ हुने कि सापेक्ष सहयोगी हुने?
राजनीतिले नै सबै कुराको छिनोफानो गर्छ। यो राजनीतिक छलफल, बहस गर्ने ठाउँ हो। त्यसलाई निकास दिनकै लागि तद्‌नुकुलकै यसका व्यवस्थाहरू गरेका हुन्छन्। भन्नाले ऐन पनि तद्‌नुकुल बनेको हुन्छ। नियमावली पनि तद्‌नुकुल बनेको हुन्छ। निष्कर्ष पनि तद्‌नुकुल नै निस्किन्छ। त्यही दिशाबाट जाँदा संसद्को स्वरुप सरकारमा हुनु स्वाभाविक छ। सरकार संसद्‌माथि निर्भर हुनुपनि स्वाभाविक छ। तर, त्यसको निकास त्यही ढंगले जानुपर्छ भन्ने मान्यता मैले राख्छु।

Ncell 2
Ncell 2
nimb
nimb

संसद्‌भित्र सांसदहरूको प्रस्तुति, भाषा, शैली खस्किँदै गएको भन्ने गरिन्छ। संसद्को गरिमालाई फर्काउन कसरी काम गर्नुहुन्छ?
यसलाई फर्काउने र धेरै अगाडि बढिसकेको वा हिजो यस्तो चाहिँ बेठिक थियो भनेर धेरै टिप्पणी गर्ने भन्दापनि ठीक ढंगले लैजान के गर्नुपर्छ भन्ने दिशाबाट सोच्नुपर्छ। त्यो सोच्नका लागि मूलतः जिम्मेवार राजनीतिक पार्टीहरू र निर्वाचित भएर आउनुभएका आम सांसदहरू हामी कुन ठाउँमा छौँ? हाम्रो गरिमा के हो? हाम्रो महत्त्व के हो? हामी माननीय भनेको मान्न योग्य कसरी भएका छौँ? मान्न योग्यहरूले गर्ने व्यवहारहरू के हुन्छन्? तरिकाहरू के हुन्छन्? प्रणालीहरू के हुन्छन्? भन्ने कुरामा कहीँकतै कमजोरीहरू विगतमा भए, अथवा अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भीर बनाउनुपर्छ।

र, गम्भीर बनाउने मामिलामा सबैको दायित्व छ। मैले एउटा जिम्मेवारीमा बसेर यो भावनाका साथ काम गर्छु भन्ने सञ्चारको हिसाबले भन्ने हो भनेदेखि यहाँहरूको पनि त्यो दिशामा सहयोग हुँदै आएको छ र अरु बढी सहयोगको जरुरी पनि पर्नसक्छ भन्ने मलाई लाग्छ।

Devraj_Ghimire_savamukh1674640850.jpg

Xtrem
Xtrem

संघीय संसद् विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरूको अजेण्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ। यी अवाञ्छित क्रियाकलापहरूबारे तपाईंको बुझाई के छ?
यहाँले जुन तहमा भन्नुभयो अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन।

संसदीय गतिविधिलाई बाहिर लैजान नियमित रुपमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूको अहम् भुमिका हुन्छ, पत्रकारहरूमार्फत संसद्का विषयवस्तुहरूको सही सम्प्रेषणका लागि कस्तो भूमिका हुन्छ?
विगतबाट शिक्षा लिनु नै पर्छ। विगतमा त्यस्ता नकारात्मक शिक्षाहरू केही छन्, त्यस्ता केही घटनाहरू छन्, त्यस्तो प्रवृत्ति छन् भने त्यसलाई बिनापूर्वाग्रह त्यसबाट शिक्षा लिने र आफ्नो भूमिका कसरी राम्रो बनाउन सकिन्छ भन्ने सल्लाह गर्ने, छलफल गर्ने, योजना बनाउने गर्नुपर्छ। पक्ष, विपक्ष भएर आएको छ भने दुइवटै पक्षहरू यसमा जिम्मेवार भएर अगाडि बढ्नुपर्छ। राम्रो वातावरण बनाएर संसद्लाई प्रभावकारी पार्ने कुरामा सबै पक्षका बीचमा मिलाएर जानुपर्छ। यो महत्त्वपूर्ण पक्ष हो भन्ने मलाई लाग्छ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्