• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

२८ लाखको कागती बागवानी : सुख्खा डाँडोमा परिणत

64x64
अजय खड्का बिहीबार, माघ १२, २०७९  ०६:५०
1140x725

गुल्मी– सरकारी रकमको दुरुपयोग हुने गरेका घटना बेलाबेला सार्वजनिक भइरहन्छन्। यी घटना हाम्रो देशका लागि नौलो विषय होइनन्। सरकारले दिएको अनुदानलाई व्यक्तिगतझै सम्झेर खल्ती भर्ने प्रवृत्तिले नागरिकले तिरेको करको दुरुपयोग मात्रै भएको छैन, सरकारप्रति नागरिकको वितृष्णा समेत पैदा भएको छ। यसैको एउटा उदाहरण हो, गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङ ढुंगेदेउरालीस्थित कागती बागवानी।  

ढुंगेनी जमिन भएकाले त्यस क्षेत्रको नामै ढुंगेदेउराली राखिएको छ। ढुंगेनी जमिन भएका कारण त्यस ठाउँमा न मलको अपेक्षा गर्न सकिन्छ न त जलको नै। तर, पनि पनि यही ठाउँलाई बागवानी बनाउने प्रस्तावमा प्रदेश र स्थानीय सरकारले पैसा खन्याए। अहिले उक्त बागवानी सुख्खा डाँडोमा परिणत भएको छ। 

२०७५ मा लुम्बिनी प्रदेश सरकारको १३ लाख र छत्रकोट गाउँपालिकाको १५ लाख गरी कूल २८ लाख विनियोजन भएपछि ढुंगेदेउरालीमा बागवानी निर्माणको काम अगाडि बढ्यो। पालिकाबाट विनियोजन भएको रकमबाट काम गर्न नसकेर दुई लाखभन्दा बढी रकम मात्रै निकासा भयो। 

ढुंगेदेउरालीको एक सय रोपनी जग्गामा एक हजार ७५० खाडल खनियो। पहिलो चरणमा २५० र दोस्रो चरणमा एक हजार पाँच सय गरी कूल एक हजार ७५० बिरुवा लगाइयो। बिरुवा लगाएको झण्डै ४ वर्षपछि कागती फुल्ने समयमा बागवानी भने उजाड बन्दै गएको छ। मलजल नपाएर बिरुवा सुक्दै गएका छन्। कागतीका बिरुवा खोज्न घण्टौं समय लाग्ने अवस्था छ। अहिले पनि ४०–५० वटा बिरुवा पनि जीवित छैनन्। ती पनि स्याहार नपाएर सुक्ने अवस्थामा छन्। बागवानीका कागतीलाई झार, घाँस, धाइरो र अन्य बोट–विरुवाले ढाकेको छ। 

Kagati-Biruwa-Gulmi1674636021.jpg

Ncell 2
Ncell 2
nimb
nimb

कागती लगाएको क्षेत्र पहिले स्थानीयले गाईबाख्रा चराउनका लागि प्रयोग गर्दै आएका थिए। तर, अहिले न गाईबाख्रा चराउन मिल्छ, न त कागतीले नै फल दिएका छन्।

‘पहिले पहिले हाम्रो हाम्रा गाईवस्तुको चरन ठाउँ यही डाँडो हो। अहिले त्यसलाई बिगारेर यस्तो हविगत बनाए। अहिले हाम्रो गाउँमा गाईवस्तु पाल्नै छोडे। चराउने ठाउँ नै छैन, पालेर मात्र भएन’, स्थानीय लोकबहादुर नेपालीले भने।

अर्का स्थानीय जीवलाल न्यौपानेका अनुसार यहाँ सरकारी रकमको चरम दुरुपयोग भएको छ। खाडल खनेर कागती लगाए पनि त्यसपछि रेखदेख, काटछाँट केही गरिएन। गाउँका केही ‘ठूला भन्ने’हरुले विकासको नाममा विनास गरेको न्यौपानेको आरोप छ। 

बागवानीमा सिँचाईको लागि पोखरी बनाइएको छ। पोखरीमा पानी पनि छ। कर्मचारी बस्न आवास पनि बनाइएको छ। तर, न पोखरीको पानी बिरुवासम्म पुगेको छ, न बनेको भवनमा कुनै कर्मचारी बसेका छन्। 

पछिल्ला जनप्रतिनिधिले यस क्षेत्रलाई अब विरुवा नर्सरीको रुपमा प्रयोग गर्ने भन्दै यो वर्ष अढाई लाख विनियोजन गरेको वडाध्यक्ष रामप्रसाद कँडेल बताउँछन्। ‘कागतीबाट प्रतिफल पाउन सके हाम्रो गौरव हुने थियो’, उनले भने, ‘सकेसम्म संरक्षण गर्ने प्रयास गर्छौं।’

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अजय खड्का
लेखकबाट थप
अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु
चट्याङ लागेर गुल्मीमा १५ वर्षीया किशोरीको मृत्यु
रास्वपाका उपसभापति भन्छन्– खोलाबाट पानी ल्याउँदा पनि उत्सव मनाउने अवस्थामा छौँ
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल सोमबार, भदौ २९, २०८३
जलबायू न्यायका लागि सोमबार, भदौ २९, २०८३
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला सोमबार, भदौ २९, २०८३
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्