काठमाडौं– सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनमा पनि दोषी ठहर गरेको छ। जिल्ला अदालतले बालयौन दूराचार र मानव बेचबिखनमा दोषी ठहर गरेको हो।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलसाले मंगलबार पाण्डेलाई दुई अभियोगमा दोषी ठहर गरेको हो। जिल्लाले बालयौन दुब्र्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको छ। त्यस्तै मानव बेचबिखनमा भने पछि सजाय निर्धारण गर्नेछ।
बालयौन दुब्र्यवहार ३ वर्षभन्दा कम सजाय हुने भएकाले आजै तोकिएको र वेचविखत ३ वर्षभन्दा बढी कैद हुने मुद्दा भएकाले अर्को पेशीमा सजाय तोकिने छ।
सजाय निर्धारणका लागि माघ २३ गते पेशी तोकिएको छ। उक्त दिन पुनः बहस गर्दै इजलासले उनलाई सजाय तोक्ने छ। पाण्डेमाथि आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको आडमा बलत्कार गरेको आरोप पीडित युवतीले लगाएका थिइन्। तत्कालीन समयमा उनी नाबालिग थिइन्।
तर आठ वर्षसम्म उनले उक्त घटना सार्वजनिक गर्न नसक्दा बलत्कारको मुद्दामा हदम्याद गुज्रेको थियो। केही समयअघि मात्र पीडितले सामाजिक सञ्जालबाट आफूमाथि भएको घटना सार्वजनिक गरेकी थिइन्। लगत्तै न्यायका लागि आवाज उठेको थियो। जाहेरी दिँदै पाण्डेमाथि अनुसन्धान भएको थियो। अनुसन्धानपछि जिल्ला सरकारी बकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।