काठमाडौं– सौन्दर्य प्रतियोगिताको आडमा यौन दुर्व्यवहार गरेको अभियोग लागेका मनोज पाण्डे दोषी ठहर भएका छन्।
जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेविरुद्धको अभियोगमा दाबी पुग्ने ठहर गर्दै सजाय सुनाएको छ। बाल याैन दुब्र्यवहारमा ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने मुलुकी ऐनमा उल्लेख छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबरजस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो। एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो।
पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको पीडितले सार्वजनिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।
उक्त घटनामा छानबिन हुनुपर्ने सार्वजनिक दबाबपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।