काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताएका छन्।।
मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलहरुका बीचमा समस्या नहुने स्पष्ट पारे।
उनले गठबन्धनमा मतभिन्नता भएपनि छलफल गरेर समाधान गर्न सकिने बताए। उनले समस्याको समाधान हुने स्पष्ट पारे।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ सांसदसमेत रहेका शर्माले सत्तारुढ गठबन्धनका नेताहरुका बीचमा असमझदारी नभएको बताए। गठबन्धन आफ्नो उद्देश्यमा केन्द्रित रहेको उनको भनाइ छ।
‘राष्ट्रपतिको पदावधि सकिनुभन्दा पहिल्यै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ। दिन कतिबेला तोक्ने भन्नेकुरा मात्रै हो। गठबन्धनमा केही मतभिन्नता हुन सक्छन्। समस्याहरु हुन सक्छन्। ती समस्या छलफल गरेर समाधान गर्न सकिने स्तरमा छन। समाधान हुन्छन्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।