काठमाडौं- प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्याेलताकै बीच संसद् सचिवालयलाई पत्र पठाएको छ। संसद् सचिवालयका अनुसार, उसले प्रमुख विपक्षी दलको सेवा सुविधाबारे जिज्ञासा राख्दै पत्र पठाएको हो।
कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएर प्रमुख विपक्षी दल र सो दलको नेताले पाउने सुविधाबारे जिज्ञासा राखेको हो। 'पत्रमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल तोक्न माग भने गरेको छैन। बरु, सुविधाबारे जानकारी सोधेको छ', सचिवालयका एक अधिकारीले भने।
कांग्रेसले गत पुस २९ गते सचिवालयलाई पत्र पठाएको थियो। सचिवालयले कांग्रेसलाई माघ ५ गते नै जवाफ फर्काइसकेको छ। 'उहाँहरुले सुविधा बारे मात्रै जानकारी राख्नुभएको थियो', उनले भने, 'हामीले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अनुसारको सुविधा पाइन्छ भनेर जवाफ पठाएका छौँ।'
सो ऐनअनुसार, विपक्षी दलका नेताले पारिश्रमिक, विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका), आवास सुविधा, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त, गार्डघर, सवारी इन्धन, मोबिल, यातायात सुविधा, बिजुली धारा, दैनिक भ्रमण भत्ता, यात्रा बिमा लगायतका सुविधा पाउँछन्। ऐनमा त्यसका लागि रकम तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।