फाइल तस्बिर।
काठमाडौं– नेपाली कांग्रेसको डा शेखर कोइराला समूहको छुट्टै बैठक बसिरहेको छ। काठमाडौंको बत्तीसपुतलीस्थित होटल फुडल्याण्डमा बैठक केहीबेरअघि सुरु भएको हो।
बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारका साथै उक्त समूहका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु, प्रदेश सभापतिहरु, सांसदहरुको उपस्थित रहेको कोइरालाका प्रमुख स्वकीय सचिव दिनेश थपिलियाले जानकारी दिए।
केन्द्रीय समितिको बैठकअघि नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई पूर्णता दिने तयारी थालेपछि संस्थापन इतर समूहले आफ्ना पक्षलाई उचित सम्बोधन हुनुपर्ने लगायतका विषयमा छलफल गर्ने जनाएको छ।
साथै, यही माघ १५ गते हुने केन्द्रीय समितिको बैठकका विषयमा समेत आन्तरिक रणनीति बनाउनेबारे छलफल भइरहेको थपलियाले नेपाल लाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।