काठमाडौं– काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीचको एकतावार्ता समितिले कार्यदल गठन गरी एक–अर्काका दस्तावेज अध्ययन थालेको छ।
शुक्रबार बसेको एकता वार्ता समितिको बैठकले एक–अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा विजय पौडेल रहेको कार्यदल बनाएको छ।
कार्यदलले दुवैै पार्टीबीचका समानता र असमानता पहिल्याइ आगामी बैठकमा पेस गर्ने जसपामा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
कार्यदलले पहिल्याएका समानधारणाहरूमा सहकार्य गर्दै जाने र असमानधारणा हल गर्दैजाने वार्ता समितिको बैठकले निर्णय गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।