लेखनाथ– गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन्।
नवनियुक्त महान्यायाधिवक्ता बरालले शनिबार नै शपथ लिएका छन्। बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराएका थिए। शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो।
बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। हाल उनी काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।