काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान निर्माण गर्दा फरक दल भनि सत्ताभन्दा बाहिरबाट उपसभामुखको निर्माण गर्ने परिकल्पना गरेको दाबी गरेका छन्।
उनले संविधान निर्माण गर्दाको यही मनसायलाई हेरेर नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन्।
उनले म्याग्नाकार्टाको प्रशंग उल्लेख गर्दै सीमाभन्दा बाहिर गएर भ्रष्टाचार, दण्डहीनता, नातावाद र क्रिपावाद जस्ता कार्य भइरहेको आरोप लगाए।
यस्तै अदालतले पक्राउ गर भनेको व्यक्ति अहिले पनि सदनमा आउनु गलत भएको र अन्तहिन दण्डहिनता लागू भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
सरकारमा रहने वा नरहने सबैले शक्ति सन्तुलनका लागि भए पनि कांग्रेसका उम्मेदवारलाई उपसभामुखका लागि मतदान गर्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।