काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन्। बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।
सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिलो सर्वदलीय बैठक हो। उनी यही माघ ५ गते प्रतिनिधि सभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए।
शनिबार नै प्रतिनिधि सभामा उपभामुखको निर्वाचन हुँदैछ। जसका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।