काठमाडौं– हेटौँडाकी सुस्मिता केसी (थापा)को हत्या अभियोगमा जिल्ला अदालत मकवानपुरले परिवारका पाँच जनालाई सजाय तोकेको छ ।
गत २१ पुसमा अदालतले चार दिनसम्मको निरन्तर बहसपछि हत्या प्रकरणका पाँचजना आरोपीमाथि कसुरदार ठहर गर्दै जन्मकैदको फेसला सुनाएको हो।
सुस्मिताको हत्यामा संलग्न ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैदको फैसला सुनाएको हो।
अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको शुक्रबार बसेको इजलासले जन्मकैदको फैसला सुनाएको हो।
यस्तै, अदालतले सुस्मिताकी सासू तुलसाकुमारी थापालाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका माइती भएकी २२ वर्षीया सुस्मिताको हेटौँडा उपमहानगरपालिका–४, स्थित घरमा २०७७ असार १ गते राति करिब १० बजेको समयमा हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।