काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र ओरालो लाग्नुमा तत्कालीन सरकारले युक्रेन युद्धलाई बाहना बनाएको आरोप लगाएका छन्।
गत वर्षको फेब्रुअरीमा रसियाले युक्रेनमा सैनिक हस्तक्षेप गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकाशिनुका साथै नेपालको अर्थतन्त्रमा समस्या देखापरेको तत्कालीन सरकारले बताउने गरेको थियो।
एमाले अध्यक्ष ओलीले उक्त कुरालाई लक्षित गर्दै युक्रेन युद्ध देखाएर तत्कालीन सरकारले आफ्नो असमक्षता छोपेको आरोप लगाएका हुन्।
एमाले परराष्ट्र मामिला विभागले शुक्रबार गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘डेढ वर्षमा अर्थतन्त्र जसरी ओरालो लाग्यो, सूचकहरु जसरी डरलाग्दो किसिमले ओरालो लागे, जस्तो कृत्रिम ढंगले महंगी वृद्धि भयो, युक्रेन युद्धलाई बाहना बनाएर आफ्ना अयोग्यता र बदमासीलाई छोप्ने काम भए।’
युक्रेन युद्ध हुँदैमा नेपालको अर्थतन्त्र नराम्ररी झर्ने भन्ने नहुने बताए। ‘युक्रेन युद्धसँग सोझै सम्पर्कमा छैनौँ। खाली पेट्रोलको मूल्य बढ्यो भन्ने हो। त्यसका लागि कुनै तयारी भने भएन’, ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।