काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चलाएको टिप्पणी गरेका छन्।
शुक्रबार एमाले परराष्ट्र मामिला विभागको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।
‘विगत सरकारको समयमा हामीले देख्यौँ अनावश्यक ढंगले हाम्रो छिमेक सम्बन्ध असन्तुलित र बहुत बेढंगी तालले चल्यो। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो,’ अध्यक्ष ओलीले भने,‘सिङ्गो राष्ट्र एकजुट भएर देशको हितका लागि अन्तर्राष्ट्रिय सम्बन्ध गर्नु पर्नेमा देशभित्र तनाव बढाउने र बाह्य शक्तिसँग साँठगाँठ गर्ने, उनको दलाली गरेर राष्ट्रिय हितलाई कमजोर बनाउने खालका कृयाकलापहरु भए। यो दु:खद् कुरा हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।