काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कसैलाई सहयोग गर्ने कुरामा आफूलाई खल्तीमा राखेको पैसाजस्तो भएको बताएका छन्।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका सहयोद्धा हर्ष स्याङ्बोको स्मृति कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।
‘हामीले योगदान कर्तालाई सम्मान गर्नु पर्दछ। बिर्सनु हुँदैन ।सम्झिनु पर्दछ। मेरा आफन्तहरु आउनु भएको छ। के कस्तो सहयोग गर्नु पर्दछ, सहयोग गर्ने कुरामा सहयोग गर्नेछु,’ उनले भने, ‘मैले भनिरहनु पर्दैन।तपाईँहरु आफैँलाई थाहा छ। अर्काे कुरा म तपाईँहरुको खल्तीमा राखेको पैसाजस्तो हो। तपाईँ मःम खानु हुन्छ कि, के गर्नुहुन्छ? तपाई नै जान्नुहोस्।’
सो अवसरमा ओलीले सहयोद्धा स्याङ्बोलाई निरकुंश राजतन्त्र र तानाशाही शासनविरुद्ध उत्रेका वीर योद्धा भएको उल्लेख गरे। उनले स्याङ्बोको योगदान अतुलनीय भएको दाबी गर्दै उनको सबैले सम्मान गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।