काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष तथा सत्ता सञ्चालनका लागि गठित उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले आफूहरूले छिमेकीसँग कुनै कार्ड नखेल्ने बताएका छन्।
एमालेको परराष्ट्र मामिला विभागको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।
‘हाम्रा दुईवटा छिमकीसँग कार्ड खेल्ने होइन भनेर हामीले भनेका छौँ। एउटाको कार्ड अर्कातिर, अर्काको कार्ड अर्कोतिर। सन्तुलित, विश्वसनीय, भरपर्दो, बाहिर–बाहिर एउटा भित्र–भित्र अर्को व्यवहार, मुखले एउटा, व्यवहारमा अर्कै अभ्यास त्यस किकिसमको होइन,’ उनले भने।
छिमेकमा बसेर छिमेकको कुभलो चिताउनु नहुने अध्यक्ष ओलीले स्पष्ट पारे।
‘छिमेकमा बसेर छिमेकको अहित गर्ने भनेको सामान्य घरगाउँमा बसेर छिमेकको अहित गर्छ भने असल छिमेकी मानिँदैन, त्यस्तै हो। हामी हाम्रा छिमेकका लागि असल छिमेकी हुन चाहान्छौँ। उनीहरुको कुभलो गर्दैनौँ,’ उनले थपे, छिमेकीहरुसँग भलो चिताएर, उनीहरुलाई सहयोग पुर्याएर, उनीहरुका जायज सरोकारलाई सम्बोधन गरेर हामी अगाडि जान्छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।