काठमाडौं– सुन्धारास्थित सिभिलमा मलमा बिहीबार भएको आत्महत्याको प्रयासको कारण प्रेम सम्बन्ध रहेको देखिएको छ। बिहीबार १२ बजेतिर २९ वर्षीय बिसङ गुरुङले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
हतार–हतार आगो निभाएर उनलाई उपचारका लागि सुरुमा ट्रमा सेन्टर पठाएपछि पनि कीर्तिपुर अस्पतालमा रिफर गरिएको थियो।
गुरुङले किन आगो लगाए भन्नेबारे अनुसन्धान गर्दा प्रेम सम्बन्ध देखिएको छ। उनी केही समययता एक युवतीसँग प्रेम सम्बन्धमा रहेको देखिएको एक अनुसन्धान अधिकारीले बताए। ती युवती सिभिल मलमै काम गर्ने रहेको पाइएको छ।
पछिल्लो समय ती युवतीले आफ्ना प्रेमि रहेका गुरुङलाई बेमतलब गर्न थालेकी थिइन्। प्रेमिका टाढा हुन खोजे पनि प्रेमी गुरुङ भने उनलाई छाड्न चाहदैनन् थिए।
युवतीले आफूलाई धोका दिएको भन्दै उनी बिहीबार प्रेमिकाले काम गर्ने ठाउँ सिभिल मलमा गएर आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गर्न खोजेको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।