काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।
स्वास्थ्य स्थितिमा समस्या देखिएपछि जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइरहेका पूर्वमन्त्री पुनलाई शुक्रबार भेटेर अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य लाभको कामना गरेका हुन्।
लामो समयदेखि जन्डिसको समस्या भोगिरहेका पुनको अहिले कलेजोमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।