काठमाडौं– सभामुख देवराज घिमिरेले सांसदहरुसँग अन्तर्क्रिया गर्ने पहिलो निर्णय गरेका छन्। बिहीबार सभामुख निर्वाचित भएका घिमिरेले शुक्रबार आफ्नो पहिलो निर्णय गरेका हुन्।
‘नवनिर्वाचित माननीयहरुका लागि संसदीय अभ्यास र पक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने,’ सभामुखले हस्ताक्षर गरेको पहिलो निर्णयमा भनिएको छ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकबाट घिमिरे सभामुख निर्वाचित भएका थिए। सभामुख निर्वाचित भएपछि घिमिरेले नेकपा एमालेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा पनि गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।