काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।
शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले रानामागरलाई उपसभामुखको उम्मेदबार बनाउने निर्णय गरेको हो।
पार्टीका धेरै सांसदको समर्थन सांसद सोविता गौतमको पक्षमा रहे पनि कलस्टर मिलाउनुपर्ने आवाज उठेपछि इन्दिरालाई उम्मेदवार बनाउने निर्णय भएको हो।
प्रतिनिधि सभाको उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन (मत विभाजन) हुँदैछ। जसअनुसार शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकबाट घिमिरे सभामुखमा निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।