काठमाडौं– नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका सस्थापक स्व खगेन्द्र बहादुरबस्नेतको ९५ औं जन्म जयन्ती र संस्थाको ५३ औ स्थापना दिवसका अवसरमा बिहीबार केन्द्रीय कार्यालय जोरपाटींमा विभिन्न कार्यक्रम आयोजना गरियो।
उक्त अवसरमा अपांगताको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
अर्थाेपेडिक अस्पतालका संस्थापक डा. अनिलबहादुर श्रेष्ठ, सस्थाका पूर्वसभापति प्रा शंकरराज पाठक, विद्यालयका पूर्वशिक्षक गोविन्द खनाल र डोल्मा ढाक्वा फाउन्डेसनका निर्देशक लोप्साङ डोल्मालाई कदरपत्रले सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न बिधाका खेलकुद प्रतियोगितामा सफल खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो। हरेक वर्षजस्तै टेबल टेनिस, दौड, बास्केटबल, चित्रकला र घ्याम्पो फुटाउने लगायतका प्रतियोगिता आयोजना गरिएको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, वडाध्यक्ष नवराज लामाले संस्थापक अध्यक्ष स्व बस्नेतका बारेमा प्रकाश पारेका थिए।
सोही अवसरमा माडवाडी सेवा समिति झापाले अपांगता भएकाहरुलाई भोजन गराउनुका साथै विभिन्न सामगी समेत हस्तान्तरण गरेको थियो।
संस्थाका सभापति साम्देन लामाले संस्थाका उद्देश्यबारे प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।