काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै समय बाँकी रहेकाले राष्ट्रपतिमा सहमति जुटाउने कोसिस जारी रहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
‘राष्ट्रपतिमा अझै समय बाँकी रहेकोले सत्ता साझेदार दल र आफू पनि कुनै समझदारी बन्दिए हुने भन्नेमा छौँ’ उनले भने।
बिहीबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी ठूलो दल भएकाले राष्ट्रपतिमा दाबी गर्ने बताएका थिए।
उनले माओवादी केन्द्रलाई विश्वासको मत दिनुको कारण एमालेप्रतिको आशंका भएको पनि स्पष्ट परेका थिए।
शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ढोक्सा थापेको भनेर कांग्रेसलाई लगाएको आरोपको पनि खण्डन गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजिएको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।