काठमाडौं– कीर्तिपुर नगरपालिका–६ स्थित चोभारमा भएको कार दुर्घटनामा वेपत्ता भएका व्यक्ति मृत भेटिएका छन्।
दुर्घटना भएको तीन दिनपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले वेपत्ता भएका रामकुमार खत्रीको शव बागमती नदीबाट निकालेको हो।
माघ २ गते दिउँसो बा ५ च ५६५४ नम्बरको कार चोभारको जलविनायक पुल नजिकबाट बागमती नदीमा खसेको थियो।
४० वर्षीया अम्बिका लामिछानेले चलाएको कार बागमतीमा खस्दा उनी स्वयम् गम्भीर घाइते भएकी थिइन् भने खत्री हराएका थिए।
हराएका खत्रीको खोजी गर्ने क्रममा बिहीबार सशस्त्रको नम्बर १८ निलबाराही गण, नम्बर २० विपद व्यवस्थापन उद्धार गणबाट खटिएको गोताखोर टोलीले नदीबाट शव निकालेको हो।
दक्षिणकाली नगरपालिका–१ वस्ने अन्दाजी ४० वर्षीय खत्रीको शव प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्तासमेत रहेका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।