काठमाडौं– काठमाडौंको गोँगबुस्थि १ होटलबाट ७३१ थान राहदानीसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
गोँगबुको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भइ काठमाडौंको टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त होटलमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान राहदानी र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यससम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।