काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा सत्ता साझेदार दलहरुबीच कुनै एउटा समझदारी बनिदियोस् भन्ने चाहना रहेको प्रतिक्रिया दिएका छन्।
बिहीबार सभामुखको निर्वाचनपछि संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रपतिको विषयमा अझै समय बाँकी छ। हामी सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्ने तर्फ कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौं।’
सभामुखको सन्दर्भमा सत्ता साझेदार दलहरु सबै एकै ठाउँमा उभिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले शुक्रबार हुने उपसभामुखको निर्वाचनमा यही दोहोरिने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।