काठमाडौं– गृहमन्त्री रवि लामिछानेले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा बैठकमा उपस्थित भएको विषयलाई लिएर विवाद भएपछि त्यसको बचाउ गर्दै केही समयपछि नतिजा आउने टिप्पणी गरेका छन्।
संसद् बैठकमा समेत आवाज उठेपछि जवाफ दिएका लामिछानेलाई संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारले प्रश्न सोधेपछि कोइरीलाई आफूले पनि संसद्भित्र देखेको स्वीकार गरे। तर, सभामुखबाट रुलिङ नहुँदा समस्या भएको बताए।
‘मैले देखेको छु। सभामुखले रुलिङ गर्नु भएको छैन’, लामिछानेले भने, ‘राज्यका निकायहरु निरीह हुँदा यस्तो नतिजा नआएको हो। अब नतिजा आउनेगरि काम गर्छौं।’
गलत गरेको मानिसलाई तत्काल पक्राउ गर्ने संयन्त्र विकास हुने गृहमन्त्री लामिछानेले दाबी गरे। उनले आफू अहिले गृह मन्त्रालयमा रहेर निर्देशन दिने मात्र काम गरेकोजस्तो देखिने तर, त्यस्तो नभई पद्धति विकासमा काम गरिरहेको बताए।
मन्त्री सिफारिस गर्दा स्वार्थ बाझिने गरि म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय किन पठाउनु भएको हो? भनी सोधेको प्रश्नमा उनले यस्तो भए आफैंले काबाही गर्ने दाबी गरे। उ
नले हालसम्म यस्तो नदेखेको र देखेमा सबैभन्दा पहिला आफैंले कारबाही गर्ने उल्लेख गरे। म्यानपारमा संलग्न भएका डोलप्रसाद अर्याललाई श्रममन्त्री नियुक्त गरेपछि पछिल्लो समय विवाद भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।