काठमाडौं– सभामुखको प्रतिस्पर्धामा रहेकी नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा निर्वाचित देवराज घिमिरेलाई बधाई दिँदै दलको छायाँमा रहेर काम नगर्न आग्रह गरेकी छन्।
बिहीबार भएको निर्वाचनमा सभामुखमा पराजित भएपछि न्यौपानेले पत्रकारहरुसँग कुरा गर्दै दल विशेषको सभामुख नभइदिन आग्रह गरेकी हुन्।
‘अंक गणितीय खेलले गर्दा मत मेरो पक्षमा आएन। माननीय देवराज घिमिरेजी सभामुख हुनुभएको छ। मैले उहाँलाई बधाई पनि दिएँ। र, मैले उहाँको कार्यकालको शुभकामना दिएकी छु, उनले भनिन,‘मैले अपेक्षा गरेको छु, दलको सिंगो छायाँ सभामुखमा नपरोस्। कुनै दल विशेषको सभामुख नभइदिनुहोस्। सिगो संसद्को, मत हाल्नेको मात्र होइन नहाल्नेको पनि अभिभावक रहिदिनुहोस्।’
उनले आफूलाई सहयोग गर्ने दल र शुभेच्क्षा राख्नेहरुप्रति कृतज्ञता समेत प्रकट गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।