काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिमा अहिलेदेखि नै समर्थन जुटाउने प्रयास गरिने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली कांग्रेस प्रतिपक्षमै बस्ने र आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारलाई आजैदेखि समर्थन जुटाउन लाग्ने बताएका हुन्।
निर्वाचनमा गएपछि मत लिने प्रयास गर्नु स्वाभाविक भएको भन्दै अब नयाँ शिराबाट समर्थन खोज्ने प्रयास स्वाभाविक हुने उल्लेख गरे।
पौडेलले प्रतिपक्षमै बस्नेगरि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।