काठमाडौं– सभामुखमा निर्वाचित देवराज घिमिरेले सभाको नेतृत्व ठीक ढंगबाट लगेर जाने योजना रहेको बताएका छन्।
बिहीबार सभामुख पदमा निर्वाचित भइसकेपछि पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले निष्पक्ष र तटस्थ रुपमा अघि बढ्ने बताए।
उनले विगतमा के भयो भन्ने शिक्षा लिएर अघि बढ्ने समेत विश्वास दिलाए। उनले आफूले निष्पक्षका साथ सभा सञ्चालन गर्ने समेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।