काठमाडौं– जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सम्मानजनक अवस्था नभएमा आफूहरु सरकारमा नजाने बताएका छन्।
प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्। सभामुखको निर्वाचनमा भाग लिएर सत्ता साझेदार एमालेका उम्मेदवारलाई मतदान गरेपछि आफूहरु बाँकी रहेका २ मन्त्रालयका लागि मात्र सरकारमा नजाने उनले प्रष्ट पारे।
यादवले भागबन्डामा सहमति र सम्मानजक भए जाने नत्र नजाने बताए। उपराष्ट्रपति मात्र हैन अन्य संवैधानिक नियुक्तिको पनि कुरा भएकाले सम्मानजनक हुनुपर्ने उनको टिप्पणी छ।
सरकारले जसपाका लागि भन्दै युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय जगेडामा राखेको छ। उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।