काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री बनेकोमा राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्। बिहीबार ट्विटमा उनले लिङ्देन सो पदमा पुगेकोमा खुसी लागेको बताएका हुन्।
'केही असहमति,मतभिन्नता र केही चित्त दुखाइका बाबजुद मैले धेरै आडभरोसा र विश्वास गरेको राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा खुसी लागेको छ', थापाले ट्विट गरेका छन्।
थापाले विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपक सिंहलाई पनि बधाई र शुभकामना दिएका छन्।
अघिल्लो वर्ष सम्पन्न राप्रपाको महाधिवेशनमा लिङ्देनले थापालाई अध्यक्षमा पराजित गरेका थिए। निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षप भएको भन्दै त्यसको छानबिन हुनुपर्ने थापाको मागलाई लिङ्देनले बेवास्ता गरेपछि थापाले पार्टी परित्याग गरेका थिए।
त्यसपछि थापा राप्रपा नेपालको अध्यक्ष छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।