काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कांग्रेसको अबको मिसन राष्ट्रपति निर्वाचनदेखि गठबन्धन टुटाउनेसम्म रहेको बताएका छन।
बिहीबार सभामुखको निर्वाचनपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भण्डारीले आफूहरू माओवादी केन्द्रसहितको गठबन्धनसहित चुनावमा गए पनि त्यो टुटेको स्मरण गर्दै उनले राजनीतिमा गठबन्धन टुट्नु सामान्य रहेको प्रतिक्रिया दिए।
‘हाम्रो मिसन सभामुख जित्ने थियो, त्यो भएन। अब मिसन राष्ट्रपति हुन्छ।र, हाम्रो मिसन गठबन्धन टुटाउने पनि हुन्छ। यसमा शंका नै भएन,’ उनले भने।
सांसद भण्डारीले गठबन्धन टुटाउने खेल राजनीतिमा निरन्तर प्रक्रिया भएको भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।