• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एक वर्षअघि राष्ट्रिय सभामा रोकिएका घिमिरे प्रतिनिधि सभामा सभामुख

64x64
नेपाल लाइभ बिहीबार, माघ ५, २०७९  १५:२२
1140x725

काठमाडौं- सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरे सभामुख चयन भएका छन्। बिहीबार उनलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानमा घिमिरेले १६७ मत पाएका हुन्।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १०० मत परेको थियो। मत दिन्नँ भन्नेमा १ मत परेको थियो। मतदानमा उपस्थित सांसदको संख्या २६८ रहेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।

घिमिरे निर्वाचित भएपछि प्रतिनिधि सभा नियमावली अनुसार, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भने मतदान नै भएन।

सभामुखमा निर्वाचित भएका घिमिरेलाई नेकपा एमालेले एक वर्षअघि राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो। २०७८ पुस १९ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश १ बाट सुमित्रा भण्डारी र सोनाम ग्याल्जेनसँगै उनलाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो।

समानुपातिक सूचीबाट नाम नहटाइएका कारण उनी उम्मेदवार हुन पाएनन्। उनको ठाउँमा गुरु बराललाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको थियो।

एक वर्षअघि राष्ट्रिय सभामा उम्मेदवार नै हुन नपाई रोकिएका घिमिरेले सभामुख बन्ने अवसर पाएका छन्। पार्टी पदाधिकारीभित्रकै आकांक्षीलाई पाखा लगाउँदै उम्मेदवार बनेका उनी सत्ता गठबन्धनको साथ पाएर सभामुख बनेका हुन्।

यसपटक अनपेक्षित रुपमा सभामुख प्राप्त गरेका उनी बेलाबखत चर्चामा आइरहने पात्रमा पर्छन्। उनी २०५१ सालमा महाकाली सन्धिको पक्षमा मतदान गरेर चर्चमा आएका थिए। एमालेका एक नम्बर वैकल्पिक केन्द्रीय सदस्य रहेका उनको मत नै महाकाली सन्धि अनुमोदनका लागि निर्णायक बनेको थियो।

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका- ३ मा २०१३ सालमा जन्मिएका स्नातकसम्म अध्ययन गरेका छन्। २०३१ सालमा झापा विद्रोहपछि उनी नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका थिए। २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टीमा लागेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंमा बीए पढिरहेका उनी २०३३ सालमा 'बुर्जुवा  शिक्षा' बहिष्कार अभियानमा सामेल हुँदै गाउँ फर्किएर पार्टी संगठन निर्माणमा खटिए। भूमिगत भएर को-अर्डिनेस केन्द्रमा काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाएका हुन्।

२०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बनेका हुन्। २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख, २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादीको एकीकरणपछि गठन भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य, २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज र त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज भएका काम गरेका छन्।

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्जको जिम्मेवारीमा थिए।

उनलाई सांसद् बन्ने अवसर २०४८ सालमा आएको थियो। तर,  इलाम जिल्लाबाट प्रतिनिधि सभाका लागि लड्ने अवसर आए पनि उनले अर्को नेतालाई टिकट दिएर आफू जिताउन लागिपरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संसद्‌मा प्रवेश भने भने २०५६ सालमा मात्रै गरे। त्यो बेला राष्ट्रिय सभा सदस्य भएका थिए। त्यसपछि भने अवसर पाएका थिएनन्। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनले झापा २ बाट जित हासिल गरेका हुन्। प्रतिनिधि सभामा पुगेको पहिलोपटक नै उनले सभामुख बन्ने अवसर पाएका छन्।

नेकपा एमालेमा पहिले मदन भण्डारी र त्यसपछि अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका उनको मदन भण्डारी फाउण्डेसनको विस्तार र विकासमा भूमिका छ। ओली गुटको उदयको एउटा महत्त्वपूर्ण कारण मानिने उक्त फाउन्डेसनको सुरुवाती समयमा कार्यालय प्रमुख भएर उनले काम गरेका थिए। त्यसकारण वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र मध्येमा पर्छन्। राष्ट्रपति भण्डारीको शुभेच्छा र अध्यक्ष ओलीको चाहनाका कारण स्थायी कमिटी सदस्य मात्रै रहेका उनी सभामुख बन्न सफल भएको एमालेकै नेताहरु बताउँछन्।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्