काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुमेरु सिटी अस्पतालमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्।
पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पोखरेल बिहीबार दिउँसो ललितपुरस्थित सुमेरु सिटी अस्पताल पुगेका हुन्।
उनले पुनको स्वास्थ्यलाभको कामना गरे। पूर्वमन्त्री समेत रहेका पुनको स्वास्थ्य निरन्तर सुधार भइरहेको र केही दिनमा ‘डिस्चार्ज’ हुने जानकारी प्राप्त भएको पोखरेलको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।