काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले लोकतन्त्र प्रक्रियामा हैन व्यवहारमा लागु हुनुपर्ने बताएका छन्।
सभामुख चयनका लागि बिहीबार जारी प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको प्रवृतिप्रति आलोचना गरे। विजय निश्चित हुँदा आफन्त खोजिने अनि पराजित हुने देखेपछि समावेशीको कुरा नेपाली काग्रेसले गर्दै आएको आरोप पनि उनले लगाए।
नेपालमा ४७ वर्षदेखि संसदीय अभ्यास भएको भन्दै संघीयतापछि दोस्रो संसद्को सभामुख छान्न लागेको उनले बताए। उनले राजनीतिमा सुधार आवश्यक भएको भन्दै आफूहरुलाई मत दिँदै गर्दा आम मतदाताबाट जुन अपेक्षा गरिएको छ, ती सबै कुरा स्मरण गरेर मतदान गर्नुपर्ने उनले बताए।
लोकतन्त्र प्रक्रियामा मात्र निहित भएको भन्दै अब व्यवहारमा हुनुपर्ने र सबैलाई स्वीकार गर्नुपर्ने उनले उल्लेख गरे। उनले आफ्नो दलले एमालेका उम्मेदबार देवराज घिमिरेलाई सर्मथन गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।