काठमाडौं- प्रतिनिधि सभाका सांसद माधव सापकोटाले सभामुखमा सर्वसम्मत निर्णय लिन सक्दा राम्रो सन्देश जाने बताएका छन्। सभामुखका उम्मेदवारका प्रस्तावमाथिको छलफल भाग लिँदै उनले देवराज घिमिरेको पक्षमा मत मागेका हुन्।
‘सभामुख जस्तो गरिमामय पदमा सर्वसम्मत ढंगले निर्णय लिन सक्दा राम्रो सन्देश जाने थियो। यद्यपि, प्रक्रिया अगाडि बढी हिजो मनोनयसमेत दर्ता भइसकेको छ। यस सन्दर्भमा हाम्रो पार्टी माओवादी केन्द्रका तर्फबाट यस सभाका सदस्य सभामुख पदका उम्मेदवार परिवक्व नेता देवराज घिमिरेका पक्षमा मतदान गरी निर्वाचित गरिदिनुहुन अनुरोध गर्दछु’, उनले भने।
सापकोटाले संसद् लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो भएको बताउँदै सभामुखले त्यसको नेतृत्व लिने बताए। बिहीबार प्रतिनधि सभाको सभामुखका लागि निर्वाचन हुँदैछ। एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।