काठमाडौं– नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूले सर्मथन गरेको प्रधानमन्त्रीले अभुतपूर्व विश्वासको मत पाउँदा किन अरुप्रति आंशक? भन्दै प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधि सभाको वैठकमा बोल्दै आफूहरुलाई एमाले अध्यक्ष ओलीको संविधानमाथिको भरोसमा प्रश्न र आशंका गरेको प्रतिप्रश्न गरेका छन्।
‘संविधान निर्माण गर्दा हामीले राखेका थियौँ। प्रतिनिधि सभा बीचमै विघटन त हुँदैन?’ उनले भने, ‘जबसम्म वैकल्पिक सरकारको सम्भावना रहन्छ विघटन गर्न पाइँदैन भनेर संविधानमा लेखिएको छ।’ संविधान लेख्ने क्रममा धेरै छलफल र बहस गरेको आफूलाई सम्झना भएको भन्दै उनले यसमा अहिले प्रतिगमन होइन भन्न मिल्छ? भन्दै प्रश्न गरे।
उनले गणतन्त्र र संघीयतालाई ‘बयलगाढामा चढेर अमेरिका पुगिँदैन’ भनेर टिप्पणी गरेको भनेर ओलीप्रति लक्षित गर्दै निधिले संघीयता माथिको ओलीको भरोसमा पनि प्रश्न रहेको बताए। उनले संघीयता र गणतन्त्रलाई बचाउनका लागि विश्वासको मत दिएको उनले बताए। उनले सरकारलाई विपक्षी दलले विश्वासको मत दिँदा खुसी हुनुपर्नेमा झन आशंकाको आशय किन देखाइएको भन्दै प्रश्न गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभुतपूर्व मत पाएको भन्दै त्यसप्रति खुसी व्यक्त गर्नुपर्ने निधिको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।